८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले बनिबनाउ पार्टी : झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले साविकको एमालेलाई बनिबनाउ पार्टी भएको बताएकी छन्।

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आयोजना गरेको दिपावली, छठ र नेपाल संवत्का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेलाई बनिबनाउ भएको टिप्पणी गरिन्। उनले सोही पार्टीबाट विद्रोह गरी नयाँ पार्टी स्थापना गरेकाले नयाँ पार्टी निर्माणका काममा कठिन यात्रा गरिरहेको जनाइन्।  

एकीकृत समाजवादीका सचिवसमेत रहेकी उनले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको पनि बताइन्। विकासका योजना विनाअनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले जीवनस्तरमा पार्ने फरकपनका बारेमा ध्यान नपुगेको बताउँदै उनले योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेटको विनियोजनका लागि आफूले पहल गर्ने बताइन्।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, नेपाली कांग्रेसका नगर सभापति रमेश हुमागाईं र नेकपा (माओवादी केन्द्र) का नगर कमिटी अध्यक्ष दिनदयाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित: ६ कार्तिक २०७८ १३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App