coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

साहित्य समाजको दर्पण होः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलकोरुपमा काम गरिरहेको बताएका छन्।

पत्रकार एवम् साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह “शनैः शनैः यात्रामा”को लोकार्पण समारोहमा उनले उत्कृष्ट साहित्य सिर्जनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कडीकारुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले निष्ठावान र कर्मयोगी बुढाथोकी जस्ता व्यक्तिबाट मात्रै मुलुक अटल समृद्धिमा जानेमात्र नभई समाजमा देखिएका विभेद अन्त्य हुने बताए। पत्रकार वियोगीको बाल्यकाल, जन्मोथलो, पर्यावरण संरक्षण र स्वदेश तथा विदेश भ्रमणमा देखेका एवम् भोगेका विषयवस्तु समेटिएको उक्त कृतिमा २१ वटा लेख समेटिएको छ।

यात्रामा भोग्नु परेका पीडा, तीता मिठा घटना र पात्र प्रवृत्तिलाई निकै कुशलतापूर्वक प्रस्तुत गरिएको उक्त कृतिमा नेपालका विभिन्न भाग र वर्मासम्मका विषयबस्तु समेटिएको छ। सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेले पछिल्ला समय साहित्य र संस्कृति विधामा पनि राजनीतिक चलखेलले विकृत तुल्याएको प्रतिक्रिया दिए।

प्राडा कुमारप्रसाद कोइरालाले मौलिकता र बौद्धिकतामा विश्वास गरी वर्ग विशेषलाई मात्र लक्षित नगरी मानवता र समग्र विश्वहितका लागि लेखिने साहित्यलाई मात्र प्रजातन्त्रवादी साहित्यकारुपमा ग्रहण गर्न सकिने धारणा व्यक्त गरे। पुस्तकका समालोचकद्वय अनुपमा रेग्मी र सविता विमलीले कृति नियात्रालाई चिनाउने मानककारुपमा रहने विश्वास व्यक्त गरे।

प्रकाशित: ५ कार्तिक २०७८ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App