७ वैशाख २०८१ शुक्रबार
राजनीति

रूबी खान र सरकारबीच सहमति, छानबिन समिति गठन

विगत १२ दिनदेखि अनसनरत महिला अधिकारकर्मी रूबी खान र सरकारबीच सहमति भएको छ। सरकारले बाँके घटनाबारे छानबिन गर्न समिति बनाएसँगै खान र सरकारबीच सहमति भएको हो। 

गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे छानबिन समिति गठन गर्ने सहमति भएको हो।

सो समितिले घटनाबारे छानबिन गर्ने पनि जनाइएको छ। समितिले एक साताभित्र छानबिनको प्रतिवेदन समेत दिने भएको छ। यसैबीच सहमतिसँगै महिला अधिकारकर्मी खानले अनसन तोडेकी छन्।

धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्यायको माग गर्दै १४ जना महिला बाँकेबाट २० दिन हिँडेर काठमाडौँ आएका थिए। 

प्रकाशित: २ कार्तिक २०७८ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App