७ वैशाख २०८१ शुक्रबार
राजनीति

शैक्षिक विकासका लागि विद्यालय मर्जमा जानुपर्छः मन्त्री बराल

आफ्नै गाउँ पुम्दीभुम्दीमा सम्मान ग्रहण गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल । तस्बिरः नागरिक

गण्डकी प्रदेश सरकारले सामुदायिक विद्यालयलाई समय अनुकुल गाभिनुपर्ने उल्लेख गरेको छ। गण्डकी प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले शैक्षिकस्तर बढाउनसँगै शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई एकापसमा गाभ्नुपर्ने(मर्जमा जानुपर्ने)मा जोड दिएका छन्।

‘शैक्षिक विकासको लागि समय अनुसारको विद्यालयहरुलाई अब मर्जमा लैजानुपर्ने पर्छ,’ उनले भने। सामुदायिक विद्यालयलाई स्थानीयको राय सल्लाह र सुझावको आधारमा मर्जमा जानुपर्ने उनको भनाइ थियो।

यातायातको हिसावले, विद्यालयमा दरबन्दी कम, विद्यार्थीको संख्या घट्नुले शिक्षाको सुधारको लागि वैकिल्पक उपाय नै मर्ज भएको जिकिर मन्त्रीको थियो। दरबन्दी नपुगेर शिक्षा क्षेत्र गुणस्तरहिन हुँदै आएको मन्त्री बरालले बताए। उनले आफ्नै गाउँठाउँ पोखरा २२ को पुम्दीभुम्दीमा शैक्षिक सुधारको लागि शिक्षामा केन्द्रित हुन समेत स्थानीयवासीलाई आग्रह गरे। मन्त्री बरालले शुक्रराज मावि पुम्दीभुम्दी कै शैक्षिक धरोहर भएको दाबी गर्दै शैक्षिक क्षेत्रको विकासको लागि सबै स्थानीयवासी जागरुक बन्नुपर्ने बताए।

‘शैक्षिकस्तर बढाउन स्थानीयवासीले खबरदारी गर्नुपर्छ’, उनले भने, ‘स्थानीयवासीले खबरदारी गर्न नसके विद्यालयको शैक्षिकस्तरको अवस्था माथि उठन सक्दैन।’

आफ्नो गाउँमा स्थानीयद्वारा गरिएको सम्मानले आफूलाई थप प्रोत्साहन भएको उल्लेख गर्दै मन्त्री बरालले समाजमा पछि परेका महिला, जनजाति, दलितको पक्षमा वकालत गर्दै आएको माओवादी केन्द्रको भूमिकालाई बुझ्नुपर्ने बताए। शिक्षासँगै पुम्दीभुम्दीको धोवीखोला, संगम चोकको सडकसहितका धेरै योजनाहरु काटिएकोले बजेट विनियोजन गर्न स्थानीयले मागपश्चात मन्त्री बरालले आफ्नो कार्यकालमा केही न केही सहयोग पुग्ने गरी बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिए।

पुभ्दीभुम्दीको विकासको लागि एकीकृत वृहत योजना बनाएर सबै एक भई अघि बढ्नुपर्ने मन्त्री बरालको सुझाव थियो। जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बरालले पुम्दीभुम्दीको विकास निर्माणमा सबै एक हुनुपर्ने बताए। पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले जनताको हाल धेरै अपेक्षा सडक बाटो नै भएकाले त्यस तर्फ मन्त्रीको ध्यान केन्द्रित गर्न आग्रह गरे।

कार्यक्रमा एमाले नेता टेकनाथ बराल, कांग्रेस नेता होमप्रसाद बराल, माओवादी केन्द्रका नेता चण्डीकाप्रसाद बराल, सिर्जनशील आमा समूहका अध्यक्ष विनाकुमारी बरालल गायतले पुम्दीभुम्दीको विकासमा एक हुनुपर्नेमा जोड दिएका थिए।  

प्रकाशित: १ कार्तिक २०७८ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App