७ वैशाख २०८१ शुक्रबार
राजनीति

दशैँ टीका लगाउन वामदेव निवासमा मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वामदेव गौतमबाट दशैँको टिका ग्रहण गरेकी छन्। एमालेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेका छन्। उनका अनुसार मन्त्री झाँक्री आइतबार टीका लगाउन गौतम निवास पुगेकी हुन्।  

‘आज मान्यवरबाट टीका ग्रहण गर्दा त्यतै भेट भयो’, सुवेदीले फोटो राख्दै लेखे, ‘साथी रामकुमारी झाक्री मन्त्री हुँदा म मैदानमै । बधाई भन्न र लेख्नसम्म फुर्सद भएन। आज मान्यवरबाट टीका ग्रहण गर्दा त्यतै भेट भयो।’

एमालेबाट राजीनामा दिएरका गौतमको एमालेका अध्यक्ष केपी ओलीले राजीनामा स्वीकृत गरिसकेका छैनन्। ले गौतम फेरि पनि एमालेमै रहन्छन् वा एकीकृत समाजवादीतिर लाग्छन् प्रष्ट भैसकेको छैन। प्रतिनिधिसभाको सदस्य रहेकी गौतम पत्नी तुलसा थापा पनि कतै खुलेकी छैनन्। 

प्रकाशित: ३१ आश्विन २०७८ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App