८ वैशाख २०८१ शनिबार
राजनीति

राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन: पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध गरेको उल्लेख गरेका छन्। दशैंको शुभकामना सन्देश दिँदै शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताए।  

उनले नेपालको राजनीति गुट उपगुटमा अल्झिएको टिप्पणी गरेका छन्। 'हाम्रो समाज सनातनिक आदर्श र पुख्यौली पौरखबाट पृथक छैन। तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेनन्,' उनले सन्देशमा भनेका छन्।

लोककल्याणका लागि राजनीति केन्द्रित हुनुपर्ने भए पनि आफ्नो समूहका लागि मात्रै नेताहरुले राजनीति गरेको शाहको आरोप छ।'लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो। तर राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ,' उनले भनेका छन्।

'शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायीक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ,' उनको सन्देशमा उल्लेख छ।

उनले राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद नहुने उल्लेख गरेका छन। 'शाहवंशीय राज पदद्धिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जन चाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि। देशभक्ति र राष्टप्रतिको भावना मानिसमा धेरै भए पनि नामेट हुन सक्दैन ,'उनले अगाडि भने,'योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने गर्दछ,' उनले भने।

प्रकाशित: २६ आश्विन २०७८ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App