८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानन्यायाधीशलाई मन्त्री भाग लगाउनु प्रजातन्त्र मास्ने खेल: डा.कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानन्यायाधीशलाई मन्त्रीको भाग लगाउनु प्रजातन्त्र मास्ने खेल भएको बताएका छन्। 

शुक्रबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले शक्ती पृथकीकरणको सिद्धान्त विपरित मन्त्री मण्डलमा  प्रधानन्यायाधीशलाई भाग दिएर प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले प्रजातन्त्र मास्ने खेल सुरू गरेको बताएका हुन्।  

लोकतन्त्रको सुन्दरपक्ष शक्ती पृथकीरकण र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन पनि भएकाले  प्रधानन्यायाधीशलाई मन्त्रीको भाग दिंदा र प्रधानन्यायाधीशले मन्त्रीमण्डलमा भाग खोज्दा कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन समाप्त हुने स्पष्ट पारे। प्रजातन्त्रका लागि ५ दशक लामो संघर्ष गरेर आएका सभापतिले प्रजातन्त्रलाई समाप्त पार्ने खेल पनि आफैले नै सुरू गरेको कोइरालाको आरोप छ। ‘५० वर्षदेखि डेमोक्रेसीकालागि संघर्ष गर्दै आउनुभएका सभापतिले नै आज आएर डेमोक्रेसी समाप्त पार्ने खेल सुरू गर्नुभएको छ’, डा. कोइरालाले भने। प्रधानन्यायाधीशलाई मन्त्रीमण्डलमा भाग दिनु गलत अभ्यास भएकाले नेपाली कांग्रेस यो विषयमा गम्भीर भएको कोइरालाले बताए।  

प्रदेश १ र ३ को मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति प्रति पनि कोइरालाले आपत्ती जनाएका छन्। उनले एउटा मन्त्रीकालागि दुई वटा प्रदेशको मुख्यमन्त्री दिने निर्णयले नेपाली कांग्रेसका कार्यकर्ता निराश भएको बताए। उनले भने ‘एउटा मन्त्रीका निम्ति पुरै दुईवटा प्रदेशको मुख्यमन्त्री गुमाउने हो भने कस्तो पार्टी हामी बनाउन खोज्दैछौं।’ 

कोइरालाले प्रदेश १ को मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने दाबी गर्दै आएका थिए। तर, बिहीबार सत्तारुढ  ४ दलका शिर्ष नेताको छलफलमा प्रदेश १ र बागमति प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भए पछि डा. कोइराला रुष्ट बनेका छन्।

प्रकाशित: २२ आश्विन २०७८ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App