coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आज पनि टुंगो लागेन सरकारमा जाने मन्त्रीको नाम

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले सरकारमा जाने मन्त्रीको नाम आज पनि टुंगो लगाउन सकेन। पार्टीको काठमाडौँमा बसेको स्थायी समितिको बैठकले  सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने अपेक्षा गरिएको थियो।  

बैठकपछि संचारकर्मीहरुसँग बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (शुक्रबार) बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिए। सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबन्डा मिलाउदा जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा (एकिकृत समाजवादी)ले असन्तुष्टि जनाउदै आएको छ।

अहिले भएको सहमति अनुसार नेकपा (एकिकृत समाजवादी)ले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने छ भने एक राज्य मन्त्रि राख्न पाउने छ। यस्तै स्थायी समितिको बैठकले पार्टीको विभिन्न विभागमा रहने पदाधिकारी र संख्याको टुंगो लगाएको छ। पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरी २५ सदस्य रहने निर्णय गरेको छ।

यस्तै बैठकले पार्टी पदाधिकारीमा ४ जना नेताहरुलाई मनोनयन गरेको छ। उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरुमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वासलाई मनोनयन गरेको छ। यस्तै स्थायी समितिको बैठकले बेदुराम भुषालको नेतृत्वमा रहने ५ सदस्य केन्द्रिय कार्यालय र ११ सदस्य केन्द्रीय सचिवालय बनाउने निर्णय गरेको छ। केन्द्रीय सचिवालयलाई स्थायी समितिको बैठक बस्न नसकेको अवस्थामा सचिवालयले गर्ने निर्णयलाई आधिकारिकता दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए।

प्रकाशित: २१ आश्विन २०७८ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App