८ वैशाख २०८१ शनिबार
राजनीति

स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न कार्यदल गठन

प्रदेश  १ को राजधानीका लागि स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न प्रदेश सरकारले कार्यदल गठन गरेको छ । प्रदेश १ का प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।  

कार्यदलमा  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिवको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुना मन्त्रालयका सचिव, भूमि व्यवस्था, कृषि सहकारी मनत्रालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र आर्थिक मामिला मन्त्रालयका सचिव सदस्य रहने छन् । कार्यदललाई जग्गा खोज्न, नाप नक्सा तयार पार्न १५ दिनको समय दिइएको  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

सरकारले जग्गा खोज्न कार्यदल गठन गरेको पत्र प्राप्त भइसकेकाले दशैं पछि देखि काम सुरू हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रबक्ता सरोजप्रसाद गुरागाईले बताए । प्रवक्ता गुरागाईका अनुसार प्रदेश सभाबाट पारित प्रदेशको राजधानी रहने व्यवस्था सम्बन्धी बृहत विराटक्षेत्र भित्रको विराटनगर, सुन्दरहरैंचा र इटहरी आसपासका क्षेत्रमा प्रदेश राजधानीको स्थायी संरचना निर्माण गर्न जग्गा खोजि गरिने छ ।  

प्रदेशको स्थायी संरचना काठमाण्डौंको सिंह दरबारजस्तै किसिमको  निर्माण गर्ने तयारी प्रदेश सरकारले गरेको छ । जसका लागि एकै स्थानमा धेरै जग्गा आबश्यक पर्नेछ । तत्कालका लागि प्रदेश सरकारले जग्गा खरिद वा अधिग्रहण नगर्ने जनाएको छ । सरकारी स्वामित्वको जग्गा कार्यदलले खोजि गरेर नाप नक्सा तयार पारी प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने गुरागाईले जानकारी दिए । उनले भने‘तत्काल निजी जग्गा खरिद गर्ने योजना सरकारको छैन ।’ 

कार्यदलले विराटनगर, सुन्दरहरैंचा र इटहरी आसपासका क्षेत्रमा रहेको सरकारी जग्गाको खोजि गर्ने गुरागाईले जानकारी दिए।

प्रकाशित: २१ आश्विन २०७८ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App