७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा दुई तिहाइ सांसद

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। राउतको पक्षमा ७७ जना सांसदले मत दिएका छन् भने विपक्षमा २३ जनाले मत दिए। बुधबारको प्रदेशसभा बैठकमा एक सयजना प्रदेशसभा सदस्य उपस्थित थिए।

मुख्यमन्त्री राउतले प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ र प्रदेशसभाको कार्य संचालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्तावमा मत विभाजन गर्दा राउतको पक्षमा ७७ प्रदेशसभा सदस्यले मत दिएका थिए।

प्रदेश २ मा १ सय ४ जना प्रदेश सांसद छन्। जसपाका ३९, कांग्रेसका १९, माओवादी केन्द्रका ८, नेकपा (एस) का १३, नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्यको समर्थन राउत सरकारलाई छ। लोसपाका १६ जनामध्ये १५ जना र एमालेका ८ जना गरी २३ जना मुख्यमन्त्री राउतको विपक्षमा मत दिएका थिए। लोसपाका प्रदेश सांसद डिम्पल झा उपचारका लागि भारतमा छिन्। प्रदेशसभामा लोसपा प्रमुख प्रतिपक्षी दल छन्।

प्रकाशित: २० आश्विन २०७८ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App