७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेता नेपाल अस्पतालबाट डिस्चार्ज

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचारपछि घर फर्किएका छन्।  

उनका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्किएको जानकारी दिए। उनका अनुसार नेता नेपाल चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्नेछन्।

यही असोज १३ गते बेलुका अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको थिए। 

प्रकाशित: १८ आश्विन २०७८ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App