१६ चैत्र २०८० शुक्रबार
राजनीति

जुन दिन रानो हुँदैन मौरीको गोलो समाप्त हुन्छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वका वरिपरि पार्टी एकत्रित हुने बताएका छन्। ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन आज उठेका विभिन्न प्रश्नहरूको जवाफ दिँदै ओलीले पार्टीमा नेतृत्व हुने र नेतृत्वको वरिपरि पार्टी एकत्रित हुने बताए।

'देवता मान्दैनौ, कसैको देवत्वकरण गर्दैनौं। तर, नेतृत्व हुन्छ। नेतृत्वका वरिपरि पार्टी एकत्रित हुन्छ, आन्दोलन एकत्रित हुन्छ,' उनले भने, ‘जुन दिन रानो हुँदैन मौरीको गोलो समाप्त हुन्छ। त्यसकारण यो अनेक प्रकारका भ्रम, हल्ला एकतालाई तोड्न चलाइएका हुन्।’

ओलीले आफ्ना विरोधीहरु दुई वटा कुराले चिन्तित भएको बताएका छन्। ‘हाम्रा विरोधीहरु अहिले दुईवटा कुराले अत्यन्त चिन्तित छन्’, उनले भने, ‘एउटा म बाँचिरहेकाले चिन्तित छन्। यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि के गर्छ? मेनेन्जाइटिस हुन्छ फेरि बाँच्छ। बिमारी भयो अब त होलाकि भन्यो फेरि बाँच्छ।’

त्यस्तै उनले विरोधीहरु चिन्तित हुनुपर्ने अर्को कारण पनि खुलाए। उनले भने, ‘अर्को कुरा कार्यकर्ताले जनताले असाध्यै धेरै माया गर्छन्। त्यसले एमालेलाई फाइदा पुग्छ। जनता गोलबन्द हुन्छन्, त्यसकारण चिन्तित छन्।’

प्रकाशित: १७ आश्विन २०७८ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App