७ वैशाख २०८१ शुक्रबार
राजनीति

अधिकांश सदस्य निर्विरोध निर्वाचित

विराटनगर महानगरपालिकामा प्रत्यक्षतर्फका अधिकांश वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। वडाका ५७ जना प्रत्यक्षतर्फका सदस्यमध्ये ५० जना निर्विरोध निर्वाचित भएका हुन्।

विराटनगर १ बाट मिना पोखरेल, असिम ढुंगेल र रोशन भट्टराई, वडा नम्बर २ बाट महिला कोटाकी अञ्जुरिजाल बञ्जरा मात्रै निर्वाचित भएकी छिन्। यस्तै वडा नम्बर ३ बाट ज्ञानु न्यौपाने, धिरज थापा,  विकास भण्डारी,  वडा नम्बर ४ बाट लक्ष्मी घिमिरे पोखरेल, दिपेन्द्र चौधरी, पर्शुराम कट्टेल, वडा नम्बर ५ महिला कोटाकी विष्णु थापा मात्रै निर्विरोध निर्वाचित भएकी छिन्।

वडानम्बर ६ बाट जावेद एकवाल चन्द, नुरुल मिया निर्विरोध निर्वाचित भएका छन्। महिला कोटामा भने निर्वाचन हुने भएको छ। वडा नम्बर ७ बाट सुष्मा बस्नेत, ऋषि बचन यादव, जसवन्तकुमार सिंह, वडा नम्बर ८ बाट संगिता शर्मा पोखरेल, अजय सिंह र दिवस गिरी निर्विरोध निर्वाचित भएका छन्। वडा नम्बर ९ बाट सुनिता मास्के, आदित्य तुलाधर र एजाज अहमद, वडा नम्बर १० बाट विन्दु रिजाल, जयप्रकाश राय र सन्तोषकुमार दास चन्दन निर्विरोध निर्वाचित  भएका छन्।

वडा नम्बर ११ बाट संजिता रायमाझी, ध्रुवराज कोइराला, सन्तोष श्रेष्ठ, वडा नम्बर १२ बाट गायत्रीकुमार दास, लालबहादुर कार्की र महेश हमाल निर्विरोध निर्वाचित भएका छन्। वडा नम्बर १३ बाट विमलादेवी खनाल, कुतानन्द यादव, केशवप्रसाद सापकोटा, वडा नम्बर १४ बाट पार्वतीदेवी नेपाल, विनयकुमार झा र प्रशान्त यादव निर्विरोध निर्वाचित भएका छन्। वडा नम्बर १५ बाट महिला कोटाकी दिपा पौड्याल जैसीमात्रै निर्विरोध निर्वाचित भएकी छिन्।

वडा नम्बर १६ बाट पद्मा राई, नाथुनी कामत, नवराज पौडेल, वडा नम्बर १७ बाट रत्ना लामा, मोहमद तनवीर र सञ्जिवकुमार थापा निर्विरोध निर्वाचित भएका छन्। वडा नम्बर १८ बाट मीना राजवंशी, दिपेन्द्रकुमार साह, श्यामकुमार मोचि, वडा नम्बर १९ बाट रिनाकुमारी सरदार, गुणराज लुइँटेल र सञ्जयकुमार विश्वास निर्विरोध निर्वाचित भएका छन्। 

प्रकाशित: १५ आश्विन २०७८ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App