७ वैशाख २०८१ शुक्रबार
राजनीति

खुद्रे होइन, एकीकृत विकास आवश्यकः यादव

कार्यक्रम उद्घाटन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादव । तस्बिर: नागरिक

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेश–२ मा भैरहेको खुद्रा विकासले पर्यटन प्रवर्द्धन हुन नसक्ने बताएका छन्। पर्यटन प्रवर्द्धनका लागि एकीकृत विकास आवश्यक रहेको उनको भनाइ छ।

होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश–२ ले मंगलबार जनकपुरधाममा आयोजना गरेको पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले एकीकृत योजना बनाउनुपर्ने बताए।

 ऐतिहासिक, धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको यो प्रदेशमा पर्यटक भित्र्याउने सम्भावना धेरै रहेको उनले बताए। प्रदेशभरिकै धार्मिक तथा ऐतिहासिक स्थलहरूलाई समेटेर एकीकृत योजना बनाउन उनले प्रदेश सरकारसँग आग्रह गरे।

कार्यक्रममा सहभागी रहेका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार पर्यटन प्रवर्द्धनका लागि हरेक पक्षसँग सहकार्य गर्न तयार रहेको बताए। पर्यटन प्रवर्द्धनका लागि प्रदेशका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलमा विकास निर्माणको काम थालनी भइसकको उनले बताए। अगामी दिनमा पर्यटन प्रवर्द्धनका एकीकृत योजना बनाएर अघि बढ्ने मुख्यमन्त्री राउतले बताए।

कार्यक्रममा प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह पर्यटकीय विकासमा अर्थको अभाव हुन नदिने बताए। कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघका प्रदेश २ का बरिष्ठ सल्लाहकार युवराज लामा, विजयकुमार झुनझुनबाला, महासंघका अध्यक्ष हिरा गौतमसहितको उपस्थिति थियो।

प्रकाशित: १३ आश्विन २०७८ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App