८ वैशाख २०८१ शनिबार
राजनीति

काँग्रेस ताप्लेजुङमा देखियो स्पष्ट दुईधार, द्धिपक्षिय चुनावी प्रतिश्पर्धाको तयारी

नेपाली काँग्रेस ताप्लेजुङमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष गरी स्पष्ट दुईधार देखिएको। दुबै समूहले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। मंगलवार साँझ छबिरमण गुरुङ समूहले जिल्ला कार्य समिति र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरुको घोषणा गरेको छ। यो समूहलाइ संस्थापन इतर पक्षको रुपमा लिइएको छ। देशका हिमाली जिल्लाहरुमा नेपाली काँग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रको बुधवार हुने निर्वाचनका संस्थापन इतर पक्षले उम्मेदवारी घोषणा गरेको हो। वर्तमान सचिव गुरुङ समूहले आफ्ना जिल्ला कार्य समिति र प्रदेश निर्वाचन क्षेत्रीय समितिका पदाधिकारी उम्मेदवारहरुको नाम घोषणा गरेको छ।

गुरुङ समूहले जिल्ला कार्य समिति उपसभापतिमा गणेशबहादुर चोङ्वाङ र चन्द्रमान खोयाहाङ र सचिवमा चक्र भट्टराई र मातृकाप्रसाद शेर्पाको नाम घोषणा गरेको छ। सहसचिवको पद भने घोषणा गरिएको छैन। यो समूहले प्रदेश निर्वाचन क्षेत्र १(क)मा लक्ष्मीप्रसाद भट्टराईलाइ सभापतिको उम्मेदवार घोषणा गरेको छ। भट्टराईको समूहमा गणेश खिम्दिङ र तेजेन्द्र इदिङ्गो उपसभापति र राजकुमार कार्की र ललित गुरुङ सचिवको उम्मेदवार बन्ने घोषणा गरिएको छ।

यो समूहले पनि सहसचिवद्धयका उम्मेदवार घोषणा गरेको छैन। यस्तै प्रदेश निर्वाचन क्षेत्र १(ख)मा उदय आङ्बुहाङलाइ सभापतिको उम्मेदवार घोषणा गरिएको छ। यो समूहबाट दातेम्बा शेर्पा र सोम बिमलीलाइ उपसभापति,दावा शेर्पा र ज्ञानु तेम्बेलाइ सचिव र मौसम लिम्बू र अनिल शेर्पालाइ सहसचिवको उम्मेदवार घोषणा गरिएको छ। जिल्ला कार्य समिति,प्रदेश निर्वाचन क्षेत्र दुबैमा द्धिपक्षिय भीडन्त हुन देखिएको छ। पूर्व जिल्ला सचिव गजेन्द्र तुम्याहाङको नेतृत्वमा जिल्ला कार्य समितिको निर्वाचनमा प्रतिश्पर्धा गर्ने भएको छ।  तुम्याहाङ समूहलाइ संस्थापन पक्षको रुपमा लिइन्छ। यद्यपी उसले आफ्ना पक्षका उम्मेदवारको घोषणा भने गरिसकेको छैन।

उम्मेदवारी घोषणा तथा सार्वजनिक नगरे पनि यो समूहबाट उपसभापतिमा डिल्लीरमण बरालले उम्मेदवारी घोषणा गरिसकेका छन्। सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझाको नाम चर्चामा छ। तर आधिकारिक नामावली भने सार्वजनिक भएको छैन। यो पक्षले प्रदेश निर्वाचन १(क)मा बमप्रसाद गौतमलाइ सभापति,गणेश मगर र दीपेश मेन्याङ्वोलाइ उपसभापति,केवल मादेन र विश्वराज राइलाइ सचिव,पुण्यप्रसाद बराल र ताराबहादुर सेलिङ लिम्बूलाइ सहसचिवको उम्मेदवार बनाउने तयारी गरेको छ।

प्रदेश निर्वाचन क्षेत्र नं १(ख)मा खगेनसिंह हाङ्गामलाइ सभापति,टेक वनेम र मनकुमार यक्सोलाइ उपसभापति,नारायणप्रसाद वनेम र विकास साम्रालाइ सचिव र पेम्बा शेर्पा र ज्ञानु घिमिरेलाइ सहसचिवको उम्मेदवार बनाउने गरी हाङ्गाम समूहले उम्मेदवारी घोषणा गरेको हो। घोषणासभामा पूर्व राज्यमन्त्री मणि लामा,प्रदेश सांसद प्रताप्रकाश हाङ्गाम,गीतादेवी सेन्दाङ सहितका नेताको उपस्थिति रहेको थियो। तुम्याहाङ समूहले बुधवारमात्रै आफ्ना सबै उम्मेदवारको घोषणा गर्ने बताएको छ।

आफू संसदीय फाँटमा अघि सर्ने भद्र सहमति भएको दाहालको दाबी 

नेपाली काँग्रेसका पूर्व जल्ला सभापति केशवप्रसाद दाहालले आफु संसदीय मोर्चामा अघि बढ्ने भद्र सहमतिसंगै सभापतिको उम्मेदवारी घोषणाबाट फिर्ता भइ गुरुङको नेतृत्वमा जिल्ला कार्य समितिको निर्वाचनमा जान तयार भएको बताएका छन्। गुरुङ समूहको उम्मेदवारी घोषणासभामा दाहालले पार्टीमा निशेधको राजनीतिको अन्त्य र संस्थागत ढंगले पार्टीलाइ अघि बढाउने योजनाका साथ आफुले गुरुङ समूहलाइ समर्थन गरेको बताए।‘केशव दाहालले खुट्टा कमायो भन्ने पनि सुन्छु’उनले भने‘म गल्फन बाँधेर हिडेंको मान्छे,खुट्टा कमाउने कुरै हुदैन’।  

दाहालले सचिव रहँदा गुरुङले गरेको पार्टी समायोजनको काम,बिबादरहित क्रियाशिल सदस्यता बितरण र पार्टी संस्थागत अभियानमा चलाउन भूमिका तटस्थ खेलेका कारण आफु गुरुङको कार्यबाट प्रभावित भएको बताए। यो समूहबाट जिल्ला सभापतिका प्रस्तावित उम्मेदवार गुरुङले एक कार्यकाल मात्र जिल्ला सभापति बन्ने,पार्टी मोर्चा भन्दा बाहिर कुनै पनि लाभको पदमा नजाने पार्टीको आन्तरिक आम्दानी १० लाख बाट कम्तिमा ५० लाख रुपैंया पुर्‍याउने योजना रहेको बताए।  

कार्यक्रममा काँग्रेस जिल्ला सभापति लिलादेवी बोखिम,नेता दीपेन्द्र सेन्दाङ,सिरिजंगा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ,सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया,आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला,नेपाली काँग्रेस फुङलिङ नगरसभापति सुरेश सिंघक,फक्ताङ्लुङ गाउँपालिका सभापति भद्र बोखिम,मिक्वाखोला सभापति पञ्च थलङ सहितको उपस्थिति रहेको थियो।

प्रकाशित: १३ आश्विन २०७८ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App