coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विप्लव निकट अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही चयन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्किारीको केन्द्रीय अध्यक्षमा प्रकाश शाही चयन भएका छन्। अखिल क्रान्तिकारीको पोखरामा सम्पन्न २२औं सम्मेलनले शाहीको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

सम्मेलनले अखिल क्रान्तिकारीको उपाध्यक्षमा नरेन्द्र विके र महासचिवमा मिलन राईलाई चयन गरेको छ। त्यस्तै, सचिवमा बिरेन्द्र शाह तथा कोषाध्यक्षमा रुपा बुढा मगरलाई चयन गरेको निवर्तमान अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए।

अखिल क्रान्तिकारीको सम्मेलनले २२ महिलालाई सदस्यमा चयन गरेको छ। महिला सदस्यमा कलसा शाही (सहिद प्रज्वल शाहीकी बहिनी), करिस्मा भट्टराई, रूपासिंह ठकुरी, छायाँ सापकोटा, यशोदा बम, सुष्मा चौधरी, कला अधिकारी, सपना मगर, कोपिला अधिकारी, डा.मान्यता थापा, प्रेरणा बुढा, अमला घर्ती, संगीता विक, लक्ष्मी शाह, तारा सञ्ज्याल (रवीना), अस्मिता कुमाल, कमला परियार, जानकी खत्री, ईन्दु वली, नतासा सुवेदी, प्रीतिमा चौधरी र रूपा बुढा रहेका छन्।

त्यस्तै अन्य सदस्यहरुमा श्रीराम बस्याल, लक्ष्मण विक, प्रकाश गिरी, दिलबहादुर तिरुवा, खगेन्द्र राई, मीन रेग्मी, सुदीप पौडेल, विपी उपाध्याय, खिमलाल बुढाथोकी, निगम भट्टराई, देवशङ्कर लामा, विनोद जोशी, कृष्ण घर्ती, गजेन परियार, रमेश रावल, धनराज विक, उपेन्द्र परियार, पुरन पुन, उपेन्द्र रावल, उदयराम विक, नरसुर बुमी, विराजन शाही, डिबी शाही, लोकेश जोशी, धनजित विक, अमृत श्रेष्ठ, मदन चापागाईं, महेश अधिकारी, विशाल जिरेल, नगेन्द्र चौलागाईं, रवीन केसी, प्रेम सिँजापति, बलराम लोहार, मेगेन्द्र न्यौपाने, राजकुमार तामाङ, पर्वत रुम्बा, डीबी चन्द, ललिजन बम, रमेश सुनार, गोविन्द विष्ट, विशाल ठकुरी, विजय खड्का, राजन साउद, पदम विश्वकर्मा, खगेन्द्र सिटौला, विनोद मगर, हरि विष्ट, निराजन किराँती, विकास राई (जेल), विनोद बराल, केशव भट्टराई, लङ्क राना, विष्णु राउत, विकल्प खत्री, नवीन खड्का, हरि पुन, अमर खड्का, प्रेमप्रशान्त बोहोरा, टङ्क केसी, केशव कुँवर, अनिल केसी (प्रकाश), रमेश विसी, सुरेन्द्र धानुक, ललित एसके, सुवास जोशी, नरेन्द्र भाट, प्रकाश कठायत, शङ्कर खाती, प्रभात भट्टराई, ईश्वर पाण्डे (अटल), पुष्प न्यौपाने, मदन केसी, प्रकाश जप्रेल, प्रेम शाही, सुरेन्द्र बस्नेत, दीपक विष्ट, नवराज भट्ट, ललित विक, बाबुराम नेपाली, प्रकाश तिरुवा र विवेक घलान रहेका छन्। 

प्रकाशित: १० आश्विन २०७८ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App