coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ/नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

उनले आज एक सन्देशमार्फत गाउँ/नगर अधिवेशनको प्रक्रियामा सहभागी पार्टीका नगर र गाउँका प्रतिनिधिप्रति स्वागत तथा शुभकामना व्यक्त गरेका छन्। प्रतिनिधिको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गर्दै सभापति देउवाले जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गरेका छन्।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ। हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ।  

पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा भने अझै वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन। कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

प्रकाशित: ९ आश्विन २०७८ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App