८ वैशाख २०८१ शनिबार
राजनीति

नगर सभापतिका लागि ६ जनाबीच प्रतिस्पर्धा

नगरसभापतिको चुनावी रौनक । प्रदर्शन केन्द्र बाहिर व्यानरसहित मतमाग्दै सर्वसाधारण । तस्बिर : धन/नागरिक

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाहरुमा शनिबार मतदान शुरु भएको छ । पोखरा महानगरपालिकाको नगर सभापतिको लागि ६ जना प्रतिस्पर्धामा छन् । नयाँ नेतृत्वको लागि पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मतदान भईरहेको छ । विभिन्न ६ वटा बुथमा मतदान कार्य भईरहेको छ । १३७० मतदाताले मतदान गर्दै छन् ।  

नगरसभापतिमा पत्रकारद्वय गंगाधर पराजुली तथा ज्योति हमाल छन् । दुई वडाध्यक्ष पोखरा–११ का मोहन बास्तोला, पोखरा–९ का रामराज लामिछाने छन् । त्यसैगरी  सुरेन्द्रमान विजुक्छे र अर्का प्रतिस्पर्धी मिलन तिवारी रहेका छन् ।

उपसभापतिमा कृष्णप्रसाद अधिकारी, प्रयागराज भण्डारी, निर्दोषविक्रम पौडेल, शिव केसी, राजेन्द्र बराल र भवसागर बराल चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै सचिवमा गणेशबहादुर थापा, टुवराज बाँस्तोला, सुरेन्द्रबावु तिवारीको प्रतिस्पर्धा रहेको छ । सहसचिवमा नरेन्द्र बाँस्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बाँस्तोला, सन्जय आले र संघर्ष कोईराला चुनावी उम्मेदवारको रुपमा रहेका छन् । नेपाली काँग्रेस कास्कीका प्रवक्ता नविन सिग्देलका अनुसार १३७० मतदातामा १२ बजेसम्मा ४ सय मत खसेको छ ।  

महानगरका ३३ वटै वडाध्यक्ष तथा छनोट भएर आएका क्षेत्रीय प्रतिनिधि मतदानमा सक्रिय छन् । सभापतिका प्रत्यासी विजुक्छे नगर उपसभापति हुन् । उनी पोखरा उद्योग वाणिज्य संघको महासचिव समेत हुन् । अर्का प्रत्यासी लामिछाने कास्की काँग्रेसका सचिव हुन् । यद्यपी वडाध्यक्ष भएपछि सचिव पद त्यागेका थिए ।  

‘कुनैपनि लाभको पदक लिएको छैन् । कुनैपनि स्थानीय निकाय, प्रदेश, संघीयको उम्मेदवारी बन्दिन्,’ अधयक्षका उम्मेदवार सुरेन्द्रमान बिजुक्छेले भने, ‘पार्टीकै लागि लड्दै आईयो । उपसभापति भईसकेपछि स्वतः सभापतिको उम्मेदवार हो ।  

अर्का अध्यक्षका प्रत्यासी लामिछानेले पार्टीमा गुट उपगुटभन्दा एक ढिक्का बनाएर लैजानु पर्ने आवाज सधैं उठाउँदै बताउँदै नगरको जिम्मा पाए पार्टीलाई अझै बलियो बनाउन सक्ने क्षमता आफूमा रहेको प्रष्ट पारे । पोखरा महानगरपालिका–११ को नेतृत्व समाल्दै आएका बाँस्तोलाले काग्रेसलाई आउदो स्थानी चुनावमा पोखराको १ नं. पार्टीको रुपमा स्थापित गर्ने रणनितिका साथै आफ्नो राजनितिक यात्रा पोखरा महानगर भर विस्तार गर्न उम्मेद्वारी घोषणा गरेको बताए ।

प्रकाशित: ९ आश्विन २०७८ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App