८ वैशाख २०८१ शनिबार
राजनीति

गण्डकी प्रदेश सरकारको निम्तो मान्न प्रदेश २ का मुख्यमन्त्री राउत पोखरामा

तस्बिर सौजन्य: मुख्यमन्त्री सचिवालय

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई गण्डकी सरकारले पोखरामा न्यानो स्वागत गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निमन्त्रणामा बुधबार पोखरा पुगेका मुख्यमन्त्री राउतलाई गण्डकी सरकारका पर्यटन मन्त्री मणिभद्र शर्माले विमानस्थलमा स्वागत गरेका थिए।

मुख्यमन्त्री राउतको स्वागतमा पोखरा विमानस्थलमा पञ्चकन्या सहित पर्यटन ब्यबसायीहरुको उपस्थित थियो। विमानस्थलबाट प्रदेश सरकारको मुख्यालय पुगेका मुख्यमन्त्री राउतलाई गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले स्वागत गरेको मुख्यमन्त्री राउतका प्रमुख स्वकिय सचीव जितेन्द्र कुमार यादवले बताए।

दुबै प्रदेशबीचको आपसी सम्बन्ध विस्तार र प्रदेश २ सरकारले अघि बढाएको लोकप्रिय कार्यक्रमहरु बारे छलफल भएको यादवले बताए। गण्डकी प्रदेश र प्रदेश २ बीच पर्यटकीय सम्बन्ध बिस्तारका लागि जनकपुर-पोखरा उडान सुरु गर्ने विषयमा दुबै मुख्यमन्त्री सहकार्य गर्ने सहमति समेत भएको यादवले बताए।

मुख्यमन्त्री राउतले गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीलाई  जनकपुर भ्रमणको निम्तो समेत दिएका छन्। मुख्यमन्त्री राउत बुधबार पोखराको विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका छन्।

प्रकाशित: ७ आश्विन २०७८ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App