coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीलाई नेपालले भने: पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाईप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न समेत गरेका छन्।

सोमवार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु परेको भन्ने पनि उनले प्रश्न गरेका हुन्।  

उनले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन्।

उनले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरुलाई धन्यवाद समेत व्यक्त गरे। आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे। उनले भने, ‘एक र तीन नम्बर प्रदेश (बागमती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ। तपाईहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु।’

उनले सर्वोच्च अदालतमा विचाराधिन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत गरे।

प्रकाशित: ४ आश्विन २०७८ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App