८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेको विरोधबीच प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकमाथि छलफल सुरु गरेका छन्।  

आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल र जवाफ दिने कार्यक्रम रहेको छ। सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए।  

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए। अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन्।  

त्यस्तै ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री शर्माले उक्त विधेयक प्रस्तुत गर्नेछन्। प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ। राष्ट्रियसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ। राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ।

प्रकाशित: ४ आश्विन २०७८ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App