१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकारले ओली सरकारको पालामा भएको भ्रष्टाचारको छानविन गरोस्: माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टी कास्कीले आईतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल। तस्बिर: उमेश पुन/नागरिक

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारलाई अघिल्लो सरकारले गरेका भ्रष्टाचारहरुको छानविन गर्न आग्रह गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टी कास्कीले संविधान दिवसको अवसरमा आईतबार पोखरामा आयोजना गरेकोलोकतन्त्र एवम् संविधान रक्षाको निम्ति पार्टीको भूमिका’ विषयक बिचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले यति काण्ड, वाईड वडी जहाज काण्ड, कोरोनाको औषधी खरिदलगायतका काण्डहरुको छानविन गर्न सरकारसँग माग गरेका हुन्। 

देश र मुलुकलाई लुट्न नपाईने भन्दै उनले भने। 'कोभिड–१९ को भ्याक्सिनमा अरबौंको भ्रष्टाचार, वाइड वडी जहाज खरिदलगायतमा किन छानविन हुँदैन ? यदि कसैको संलग्नता छैन भने छानविन गर्न किन डराउनु पर्‍यो। कुरा उठिसकेपछि छानविन गर्नु पर्दैन ? त्यसैले म सरकारसँग भन्न चाहन्छु: प्रत्येक भ्रष्टाचारको केसको बारेमा छानविन गर्ने काम गरोस्।’

अध्यक्ष नेपालले ओली सरकारले। म मुखमा मात्रै भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्नँ भन्दै जम्मै कोपर्ने, राज्यका सम्पतीमा लुट मच्चाउने काम गरेको आरोप लगाए। वाईड वडी विमान खरिदमा आफैले भ्रष्टाचार भएको देखेको बताउँदै नेता नेपालले भने।'एउटा भाउ दिएको छ, अनि पैसा त्यो भन्दा बढी दिएको छ, यसले त प्रष्टै देखाउँछ।’ अध्यक्ष नेपालले यति एयरलाईन्सलाई नेपाल एयरलाईन्स बेच्न ओली सरकारले मरिहत्तै गर्नुमा केहि न केहि कारण रहेको हुनसक्ने बताए।

नेपाल एयरलाईन्स यतिलाई बेच्न खोजे। यति कम्पनीलाई कति काखी च्यापेको होला। केहि त होला। दालमे कुछ काला है। केहि न केहि त पक्कै छ। नत्र किन यति धेरै मरिहत्ते गर्थे’–उनको भनाई थियो। उनले नेकपा एकीकृत समाजवादीले देशको सम्पती आफूपनि नलुट्ने र अरुलाईपनि लुट्न नदिने प्रतिबद्धता जनाए।

अध्यक्ष नेपालले एक हप्ता भित्रमा प्रदेश नम्बर १ र बागमती प्रदेशमा बामपन्थी–प्रजातान्त्रिक गठबन्धनको सरकार बन्ने बताए। एक हप्ता भित्र वर्तमान सरकार ढालेर पाँच दल गठबन्धनको नया सरकार बनाउँछौं’–उनले भने। उनले पाँच दलीय गठबन्धनलाई बलियो बनाउँदै आगामी चुनावसम्मै लैजाने बताए। तर एकीकृत नेकपा माओवादीसँग भने एकता नहुने उनले प्रष्ट्याए। बाहिर माओवादीसँग एकता गर्छ भनेर हल्ला फैलाइएको छ, तर हामी माओवादीसँग एकता गर्दैनौं, कोहिपनि भ्रममा नपर्नुहोला’–उनले भने। उनले नेपालका कम्युनिष्टहरु मध्ये असली कम्युनिष्ट आफूहरु भएको जिकीर गरे।

पूर्व एमालेको महासचिव भएर १५ वर्ष पार्टीको नेतृत्व गरेका नेता नेपालले अहिले एमाले भन्दा नाक र मुख खुम्च्याउने स्थिति आएको बताए। केपी ओलीका कारण देश र नेकपा एमालेको हविगत किन यस्तो भयो भन्ने प्रश्न गर्दै उनले भने। 'एमालेको नाम लिँदा नाक र मुख खुम्च्याउने स्थिति आउनुमा सबै दोष केपी ओलीको छ।’

अध्यक्ष नेपालले संविधान मिच्ने, प्रतिनिधि सभाको दुई/दुई पटक हत्या गर्नेलाई जनताले सजाय दिने बताए। प्रतिनिधि सभाको हत्या भनेको सांसदहरुको हत्या गर्नुजस्तै भएको बताउँदै उनले यसको बदला लिएरै छाड्ने बताए। तर आफू र आफ्नो पार्टी ओलीले जसरी बद्ख्वाईं गर्ने, अर्कालाई मानमर्दन गर्ने, अपमान गर्नेलगायतका काम नगर्ने बताए। हामी नया संस्कार बसाउँछौं,उनले भने।'हामी फूलको संसार हेर्न चाहन्छौं, काँडाको आँखाले र्हेनलाई हेर्न दिनुस्।’

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले आफूले बीसौं वर्षदेखि ओली गुटमा बसेर काम गरेकोप्रति गल्ती महशुष गर्दै आत्मआलोचना गरे। ओली गुटको बर्चस्व रहेको गण्डकी प्रदेशमा अब नेकपा एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाएरै छाड्ने श्रेष्ठले उद्घोष गरे।

प्रकाशित: ३ आश्विन २०७८ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App