७ वैशाख २०८१ शुक्रबार
राजनीति

तनहुँको बन्दीपुरमा बिप्लव नेतृत्वको नेकपाको बैठक, जनमत संग्रहको प्रस्ताव

बैठकमा सहभागीहरु । तस्बिरः नागरिक

संविधान सभाबाट जारी भएको संविधान पूर्ण नरहेकाले यसलाई बिघटन गरी जनमत संग्रह गर्नुपर्ने विषयमा नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा बैठकमा बहस चलेको छ ।  तनहुँको बन्दिपुरमा भएको बैठकमा महासचिव चन्दले प्रस्ततु गरेका राजनीतिक प्रस्तावमा सो विषय पनि समावेश रहेको र छलफल चलिरहेको बैठकमा सहभागी गोरखाका नेता कपिल भट्टले बताए ।

गत शुक्रबारदेखि ११ औं बैठक सुरु भएको र उक्त बैठक सोमवार सम्म चल्नेछ । आईतवार पनि बैठकमा महासचिव चन्दले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा छलफल भइरहेको छ । पहिलो दिन शुक्रबार संयुक्त प्रगतिशिल सरकार गठन गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए । मुलुकलाई यो व्यवस्थाले सहज निकास दिन नसकेको भन्दै उनले वैज्ञानिक समाजवाद नै अवको निकास भएको राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

सोमबार निश्कर्ष निकालेपछि मंगलवार बैठक सक्ने तयारी नेकपाको छ । यो बैठकले अबको राजनीतिक कार्यदिशा सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले बताए । बिप्लव नेतृत्वको नेकपालाई सरकारले लगाएको प्रतिबन्ध गत फागुन २१ मा फुकुवा भएको थियो । बैठकमा महासचिव विप्लव लगायतका कार्यालय सदस्यहरु खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड), धर्मेन्द्र बाँस्तोला (कञ्चन), हेमन्तप्रकाश ओली (सुदर्शन), सन्तोष बुढामगर (बिषम) लगायत केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज तथा सचिवहरु सहभागी छन् ।

प्रकाशित: ३ आश्विन २०७८ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App