१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँच सय ३१ जनाको कैद मिनाहा

विभिन्न कसुरमा कैद सजाय भोगिरहेका पाँच सय ३१ जनाको सजाय मिनाहा भएको छ। संविधान दिवसको अवसरमा ५ सय ३१ जना कैदीहरुलाई माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधान अनुसार पुर्णबहादुर भन्ने किशोर भण्डारीसहित आठ जनाको कैद सजाय  र हर्कबहादुर राई समेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको जनाए।  

संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को मिति २०७८ भदौ २९ गतेको सिफारिशमा विभिन्न ठाउँमा कैदीबन्दी जीवन बिताइरहेका कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएकी कार्यालयले जनाएको छ। 

प्रकाशित: २ आश्विन २०७८ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App