१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओलीको टिप्पणीः सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भए

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरेका छन्।  

अध्यक्ष ओलीले चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताएका हुन्।  

शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन थरथर काम्दै डराउँदै। चुनाव प्रतिगमन हुन्छ त के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा? अब १४ महिनापछि चुनाव त गर्नुपर्छ। के देश अनिवार्य रुपमा प्रतिगमनमा जानेभयो त चुनाव गर्दा।' 

'धेरै चिन्ता नगर्नुस्। चौध महिनामा चुनाव हुन्छ। पन्ध्र महिनामा सरकार बन्छ। यि कता हराउँछन्। कता बिलाउँछन्', उनले अगाडि भने, 'यि फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्। आफै परेको आइस् होइन यो। फ्रिजमा बनाइएका आइस हुन्। यि डल्ला बाहिर राखिदिएपछि एकछिन पछि पग्लिहाल्छन्। त्यसकारण धेरै चिन्ता गर्नुपर्दैन।’

प्रकाशित: २ आश्विन २०७८ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App