coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बुँख्याचाले बरु बाली खान आउनेलाई तर्साउँछ, यो सरकारले त्यसो पनि गर्न सकेन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुँख्याचाको संज्ञा दिएका छन्। नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै ओलीले वर्तमान सरकार हुतिहारा भएको भन्दै बुँख्याचासँग तुलना गरे। उनले सरकार हो कि  बुँख्याचा आफै झुक्किएको बताए। ‘बुँख्याचाले बरु बाली खान आउनेलाई तर्साउँछ, तर यो सरकारले त्यसो पनि गर्न सकेन, यसको केही हुत्ती छैन,’ उनले भने। राष्ट्रवादका मुद्धामा पनि विदेशीसँग केही बोल्न नसकेको, बजेट नल्याएर बेखर्ची भएको, अघिल्लो सरकारले सुरु गरेका विकास निर्माणका कामसमेत रोकेर बसेको भन्दै उनले वर्तमान सरकारलाई हुत्ती नभएको आरोप लगाए। उनले वर्तमान सरकार ओइलाएको, बिचरा र अलपत्र परेको टिप्पणीसमेत गरे।

उनले पूववर्ती सरकारले ल्याएको बजेट विस्थापन गरेर अर्को बजेट ल्याएको सरकारले संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भन्दै प्रश्न गरे। ‘खुरुरु दौडेर विधेयक पेश गर्ने अर्थमन्त्रीलाई बजेट पारित नगर्दा खर्च गर्न मिल्दैन भन्ने थाहा नहुने, कस्तो अर्थमन्त्री’ अध्यक्ष ओलीले भने।

प्रकाशित: ३० भाद्र २०७८ १४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App