४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रमुख प्रतिपक्ष दलको माग सम्बाेधन नगरी जबर्जस्ती संसद चलाउनु अनुपयुक्तः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्ष दलको मागलाई सम्बाेधन र व्यवस्थापन नगरी जबर्जस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त र संसदीय परम्परा विपरित भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले सो कुरा बताएका हुन्।  

संसद् बैठकमा हुने गरेको नेकपा एमालेको अवराेधलाई सम्बाेधन नगरिएकाे विषयलाई लक्षित गर्दै उनले भने, 'प्रमुख प्रतिपक्ष दलको मागलाई सम्बाेधन र व्यवस्थापन नगरी जबर्जस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त र संसदीय परम्परा विपरित छ।'

यस्तै, कांग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधान र व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको पनि उनले जिकिर गरेका छन्। साथै विकृतिको श्रृंखला अन्त्य गर्न जनादेशबाट नयाँ विकल्प खोज्नुपर्ने पनि उनले बताए।  

'विकृतिको श्रृंखला अन्त्य गर्न जनादेशबाट नयाँ विकल्प खोज्नुपर्छ,' उनले भने।

प्रकाशित: २९ भाद्र २०७८ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App