७ वैशाख २०८१ शुक्रबार
राजनीति

एकीकृत समाजवादी खहरे खोला हो, दुईचार दिनमा सुक्छ : पृथ्वीसुब्बा गुरुङ

गोरखामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङ ।

नेकपा (एकीकृत समाजवादी)लाई खहरे खोलाको संज्ञा दिँदै नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले दुईचार दिनमा सुक्ने बताएका छन्।  

‘एकीकृत समाजवादी खहरे खोला हो भने एमाले नदी हो’, उनले भने,‘माधवकुमार नेपाल नदीबाट खोलातिर लाग्नुभो, यो उल्टो बुद्धी हो।’ नेकपा एमालेले सोमबार गोरखामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले माधव नेपाल अर्को पार्टीमा लाग्नुभयो भनेर चिन्ता नलिन सुझाव दिए। ‘नदी बगिरहन्छ, खोला दुईचार दिन सुक्छ, त्यहाँ कमिला हिड्न थाल्छ’, उनले भने।  

गण्डकी प्रदेश भित्रका ११ जिल्लामा रहेको नौ सय ४२ जिल्ला सदस्य मध्ये ५० जना मात्रै एकीकृत समाजवादीमा गएको उनले बताए। जम्मा सदस्यको पाँच प्रतिशत मात्र गएको बताउँदै उनले भने, ‘एमालेको माहासागरबाट माधव नेपालले दुईचार लोटा पानी निकाल्नुभो, दिनदिनै ग्रागीका गाग्री पानी एमालेमा थपिएको छ, यसले कुनै असर गर्दैन।’  

गण्डकी प्रदेशका जिल्लामा रहेका ४४ जना पदाधिकारी मध्ये तीन जना मात्रै समाजवादीमा गएको पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले बताए। एक हजार सात सय ६० जना प्रतिनिधि जितेको एमालेबाट ३८ जना मात्रै समाजवादीमा गएको प्रशंग जोड्दै उनले भने, ‘केपी ओलीलाई खत्तम पारेँ भनेर माधव नेपाल हिँडेका छन्, गएका साथीहरु पनि फर्कँदै हुनुहुन्छ।’

माधव नेपाल एमाले भित्रको ‘पिलो’ रहेको बताउँदै उनले भने, ‘अब त हाम्रो पार्टी यति सफा भयो, पिलो आफैँ हट्यो, हामीले निचोरेर फाल्नु परेन।’ कार्यकर्तालाई प्रशिक्षित गर्दै उनले संगठन सुदृढीकरणमा लाग्न अनुरोध गरे।  

कार्यकर्ता प्रशिक्षणमा अधिकांश समय एकीकृत समाजवादीको आलोचनामा खर्चिएका गुरुङले माओवादी केन्द्रबाट कम्यूनिष्ट नेतृत्व हुन नसक्ने बताए। कांग्रेस एमालेको बिकल्प नभएको बताउँदै उनले एमालेले काम गर्न नसक्दा त्यसको फाईदा कांग्रेसले लिन सक्ने बताए।

प्रकाशित: २९ भाद्र २०७८ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App