६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस नगरसभापतिमा रमेश राउतको उम्मेद्वारी घोषणा

हलेसी नगरसभापतिका उम्मेद्वार रमेश राउत । तस्बिर : नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको नगरसभापति पदमा युवा नेता रमेश राउतले उम्मेद्वारी दिने घोषणा गरेका छन्। 

हलेसी तुवाचुङ नगरपालिका–७ मंगलटारका वडाध्यक्ष रहेका राउतले कांग्रेसको १४ औं महाधिवेसन एवं नगरपालिकाको दोश्रो अधिवेसन अन्तर्गत आगामी असोज ९ गतेका लागि तोकिएको अधिवेसनमा नगरसभापतिमा उठ्ने घोषणा गरेका हुन्। कांग्रेस क्षेत्र नम्बर १ का सदस्य एवं हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ता रहेका राउतले आफ्नो प्यानल नै तयार गरेर शनिबार उम्मेद्वारी घोषणा गरेका हुन्।  

२०६२ सालमा पाटन संयुक्त क्याम्पसको ईकाई समिति सदस्य बनेर २०६२/०६३ को जनआन्दोलमा सहभागी हुँदै विद्यार्थी राजनीति सुरु गरेका राउत सोही ईकाई समितिको सह–सचिव हुँदै सचिव बनेका थिए। युवामाझ प्रखर वक्ताका रुपमा चिनिने राउत अधिवक्ता समेत हुन्। काठ्माडौं बसेर विद्यार्थी राजनीतिमा संलग्न राउत स्थानीय तहको निर्वाचनमा गाउँ फर्किएका हुन्। उनलाई पूर्व राज्यमन्त्री सर्वधन राई, हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राई, नेविसंघका पूर्व केन्द्रीय सदस्य दुरेन राई, पेशल राई लगायतको समर्थन छ। 

राउतको प्यानलबाट डिकुवाका दिनेश राई र राजापानीका धनकुमार खड्का नगरपालिकाको उप–सभापतिमा लड्ने तयारी गरेका छन्। यस्तै, सचिवमा अर्खौलेका केशव श्रेष्ठ र दुर्छिमका फडिन्द्र राई, सह–सचिवमा धितुङका लम्बर राई र जुना राईले उम्मेद्वारी दिने निश्चित गरिएको छ।  

११ वडा रहेको नगरपालिका सभापतिमा राउत र चक्रकुमार राईबीचमा प्रतिष्पर्धा हुने भएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुका राईले भदौ २४ गते नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। राईको प्यानललाई कांग्रेस क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, महासमिति सदस्य दिनेश राई, महाधिवेसन प्रतिनिधि जितेन्द्रसिं ठकुरी लगायतको समर्थन छ।

प्रकाशित: २६ भाद्र २०७८ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App