सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसदका हत्याराको संज्ञा दिएकी छन्।
बुधबार एमाले सांसदहरुले संसद अवरोध गरेपछि आक्रोशित नेतृ झाँक्रीे सो आरोप लगाइन्। सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको संसद बैठक सकिएको जानकारी दिएसँगै बाहिरिएकी उनले सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै एमालेप्रति आक्रोस पोखिन्।
सांसद झाँक्रीले संसदका हत्याराहरुले संसद बचाउन लागेका आफूहरुलाई विभिन्न आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसबारे टिप्पणी गर्न आफूले नचाहेको प्रतिक्रिया दिएकी हुन्।
प्रकाशित: २३ भाद्र २०७८ १३:४२ बुधबार