coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मेरिङ्देन गाउँपालिका: थप ४ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाकी उपाध्यक्ष कल्पना तुम्बाहाम्फेसहित थप ४ जनाले माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन्। यो सहित सोमबारसम्ममा नेकपा एसका पक्षमा यहाँका १३ जना जनप्रतिनिधिले सनाखत गरेका छन्। 

आइतबार ९ जनाले खनाखत गरेकोमा सोमबार ४ जनाले नेकपा एसका पक्षमा सनाखत गरेको जिल्ला निर्वाचनले पुष्टि गरेको छ। सोमबार तुम्बाहाम्फे सहित मेरिङ्देन गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गणेशप्रसाद भण्डारी,मेरिङ्देन गाउँ कार्यपालिका सदस्य गौमाया साँवा (सामेखाम) र फुङ्लिङ नगरपालिका वडा नं २ का वडा सदस्य जीतहाङ थलङले सनाखत गरेका हुन्। 

आइतबार जिसस उपप्रमुख देवीमाया नेपाली सहित मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू,जिल्ला समन्वय समिति सदस्य निमातेञ्जी शेर्पा,मेरिङ्देन गाउँपालिकाका प्रवक्ता समेत रहेका कार्यपालिका सदस्य सूर्यमान बराइली,मेरिङ्देन गाउँपालिकाका कार्यपालिका सदस्य दोर्जी शेर्पा,मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङका वडा सदस्य गजेन्द्रकुमार नाल्वो र सोहि वडाका दलित महिला सदस्य दिलमाया नेपाली, मेरिङ्देन गाउँपालिका वडा नं २ का वडासदस्य  पूर्णबहादुर कामी र मेरिङ्देन गाउँपालिका वडा नं १ का वडासदस्य मानबहादुर लिम्बूले सनाखत गरेका थिए। 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा यहाँका ९ स्थानीय तहमध्ये नेकपा एमालेले ५ प्रमुख/अध्यक्ष र ५ उपाध्यक्ष पदमा बिजय हासिल गरेको थियो। जिल्ला समन्वय समिति चुन्न मताधिकार प्राप्त १८ मध्ये नेकपा एसमा तुम्बाहाम्फेको पहिलो उपस्थिति हो। जिससका पदाधिकारी तथा सदस्यका लागि स्थानीय तहका प्रमुख/अध्यक्ष र उपाध्यक्ष मात्र मतादाता हुन्छन्। 

निर्वाचन आयोगले नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी प्रवेशका लागि २२ भदौ सम्मको समायवधि तोकेको छ। जिल्ला समन्वय समितिमा नेतृत्व हासिल गर्दा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन १२ तथा उपप्रमुख नेपाली १० मत सहित बिजयी बनेका थिए। २ उपप्रमुख पदमा बिजय हासिल गरेको माओवादी केन्द्रले जिससमा आफ्ना पक्षका उम्मेदवार नभएपछि प्रमुख पदमा नेकपा एमाले र उपप्रमुुख पदमा नेपाली काँग्रेसलाइ मत दिएको थियो। ४ अध्यक्ष र २ उपाध्यक्ष जितेको काँग्रेसले जिससमा उठाएका प्रमुख पदका उम्मेदवार सुरेन्द्र इवारामले ६ तथा उपप्रमुख पदका उम्मेदवार गीताकुमारी सेन्दाङले ८ मत ल्याएकी थिइन्। 

प्रकाशित: २१ भाद्र २०७८ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App