coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

टुरिष्ट कांग्रेसको बिगबिगी

दुई तिहाईको बामपन्थी सरकार बनेसंगै ‘छाया सरकार’ बनाएर छायामा परेका कांग्रेसीहरु महाधिवेशनको चटारो संगै तातिन थालेका छन्। यतिबेला देशै भरिका जिल्लाहरुमा कहिल्यै नदेखिने कांग्रेसीहरु झुल्कीन थालेका हुन्। राजनितिक लाभ लिन महाधिवेशनमा मरिमेट्नेहरु चुनाब सकिएपछि नाम भजाउन राजधानी वा अन्य सहर तिर बिलाउछन् भने हार्नेहरु हारको रिस बोकेर उनिहरुको बिरोधमा खनिने गर्दछन्।  

हरेक अधिवेशन पछि जितेका र हारेका अधिकांस नेता कार्यकर्ता जिल्लाबाट गुमनाम हुने गरेको आरोप लाग्ने गरेको छ। जिल्लामा सधै क्रियाशिल रहने दुईचार जना बाहेक अन्य सबै आ–आफ्नो मेसो तिर लाग्ने गर्दछन्। स्थानिय स्तरमा हुने राजनितिक कार्यक्रममा कहिल्यै नदिखेनेहरु हिजो आज मतदाताका दैलो चाहार्दै गरेको भन्दै साच्चीकै कांगे्रसीहरुले गुनासो गर्न थालेका हुन।

टुरिष्ट कांग्रेसले जिल्लामा बिगबिगी मच्चाएको कर्णाली प्रदेशको पहाडी जिल्ला रुकुम पश्चिमका सभापती प्रेम प्रकाश वलीले स्वीकार गर्दै सच्चा नेता/कार्यकर्ताको छनौट अबको अधिवेशनले गर्ने अपेक्षा रहेको बताए। उनले भने ‘बाहिर बस्ने अनि चुनाबको मुखमा जिल्ला आएर पैसाको भरमा चुनाब जित्ने बिकृतीका कारण कांग्रेस फस्टाउन नसकेको हो।’ प्रदेश न. १ पाचथरका जिल्ला सभापती नरेन्द्र केरुङका अनुसार जिल्लामा थामि नसक्नुको भिडभाड बढेको छ। ‘केन्द्रबाट नै गुटको राजनिति सुरु भएको छ। गाउँ टोल सबै फुटाएर राजनिति सुरु गरिएको छ।’

सुदुर पश्चिम प्रदेश दार्चुला जिल्लाका सभापती ललित सिंह बोहोरा पनि टुरिष्ट कांग्रेसबाट अछुतो नभएको बताउछन्। ‘चुनाबको मुखमा जिल्ला आउने अरुबेला हराउनेहरु यहाँ पनि छन्। यसले गर्दा मेहनतीहरु पछाडी पारिन्छन्।’ उनका अनुसार चुनाबमुखी कांग्रेसीका कारण पार्टि कमजोर बन्ने गर्दछ । बागमती प्रदेश अन्र्तगत रसुवाका सभापती पेम्बा छिरिङ तामाङका अनुसार यहाँ अझै चुनाब लागेको छैन। ‘क्रियाशिलको बिबाद छ। रसुवामा पनि चुनाबमुखि नेता कार्यकर्ताको चलखेल बढि हुन्छ। जनताको सुख दुखमा भन्दा पनि अबिधेशनमा मात्र चासो राख्नेले संगठन बिगार्छन’, तामाङले भने।

प्रदेश न. २ अन्र्तगत महोत्तरी जिल्लाका सभापती महेन्द्र कुमार रायका अनुसार जिल्लामा एक सय बढि टुरिष्ट कांग्रेसीहरु रहेका छन्। अबिधेशन सुरु भए पछि उनिहरुको पनि चलखेल सुरु भएको छ। अरु जस्तै लुम्बीनी प्रदेश अन्र्तगत रोल्पा सभापती अमर सिंह पुन पनि टुरिष्ट कांग्रेसले संगठन बिगारेको आरोप लगाउछन्। ‘जिल्ला कार्यसमितिमा भएकाहरु समेत निर्बाचन पछि हराएका बल्ल जिल्लामा देखिन थालेका छन्। संगठन, कार्यकर्ता मतदाताका बारेमा कुनै चिन्ता नभएका यिनिहरुलाई चुनाब बाहेक अरु केहि मतलब छैन।’

कांग्रेसमा जित्नै नपर्ने वा हार्नै नहुनेहरु गुटका कारण अप्रत्यासित परिणाम भोग्ने गर्दछन्। सतहमा देखिएका दुई गुट अनि त्यहाँ भित्रका उपगुटले कांगे्रसको चुनाबमा थप रौनक थप्ने गर्दछ। राम्रा भन्दा हाम्रा मान्छेलाई काधमा बोकेर हिड्ने परम्पराले गतिला कार्यकर्ताहरुले गति लिन पाउदैनन्। चुनाबमुखी राजनितिले गाजेको कांग्रेसको संगठन यतिबेला फेरि तातिएको छ।

प्रकाशित: १८ भाद्र २०७८ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App