७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस नेता खत्रीद्वारा चेपाङलाई खाद्यान्न सहयोग

पर्यटन व्यवसायी एवं कांग्रेस नेता प्रेम खत्रीले गोरखाका आठसय चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। उनले गण्डकी गाउँपालिका भित्रका चेपाङ परिवारलाई प्रतिपरिवार दुई हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन्।  

उनी संस्थापक रहेका संभव नेपाल नामक संस्थामार्फत् मंगलबार कोभिडबाट प्रभावित चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरे। गण्डकी गाउँपालिका गोरखाको सबैभन्दा धेरै चेपाङ रहेको पालिका हो। दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छन्। ‘पहिले गिठ्ठा भ्याकुर खाईन्थ्यो, अहिले कन्दमुल खाँदैनन्’ एक चेपाङले भने, ‘खेती गर्ने जमिन छैन, दुई तीन महिना पुग्ने खेती उब्जाउन मुस्किल पर्छ।

संभव नेपालले दिएको एक बोरा चामल, तेल, दाल, नुन पाएपछिउनीहरु खुसी भएका छन्। ‘कोरोनाका कारण बजार, यातायात बन्द हुँदा चेपाङहरुको रोजगारी गुमेको छ’ गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले भने ‘संभव नेपाललाई अनुरोध गरेर पालिकाको समन्वयमा खाद्यान्न वितरण भएको हो।’ ‘समाजमा पछाडी परेका र पारिएका चेपाङहरुलाई गुजारा चलाउन ठुलो माात्रामा एकै पटक सहयोग गरिएको छ’ चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले भने। चेपाङ समुदायमा अहिले पनि छाक टार्नको समस्या भएकाले संभव नेपालका अध्यक्ष खत्रीले जस्तै सहयोग सबैपक्षबाट हुनु जरुरी रहेको उनले बताए।

प्रकाशित: १५ भाद्र २०७८ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App