७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवा, प्रचण्ड र नेपालबीच सरकारलाई पूर्णता दिनेबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ उनीहरूबीच सरकारलाई पूर्णता दिनेबारे छलफल भएको स्रोतले बताएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिनाभन्दा बढी समय भए पनि पूर्णता पाउन सकेको छैन। नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएपछि सरकार गठनबारे यी नेताहरूले छलफल गरेका हुन्। 

भोलि साँझसम्म सरकारलाई पूर्णता दिने तयारीमा शीर्ष नेताहरू रहेका बताइएको छ।

प्रकाशित: १३ भाद्र २०७८ १५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App