८ वैशाख २०८१ शनिबार
राजनीति

समाजवाद शब्दप्रति आकर्षण बढ्नु स्वागतयोग्य: डा.बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुँजीवाद र साम्यवादको विकल्पमा समाजवादको खोजी अहिलेको विश्वको प्रवृत्ति भएको बताएका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो भनाई साझा गर्दै  ‘समाजवाद’ शब्दप्रति आकर्षण बढ्न थाल्नु स्वागतयोग्य भएको बताए। समाजवाद शब्दप्रति आकर्षण बढ्न थाल्नु स्वागतयोग्य छ, उनले भने, नयॉ दर्ता भएका दलहरूको नाउॅबाट त्यस्तै संकेत मिल्छ।

उनले पुँजीवाद र साम्यवादको विकल्पमा समाजवादको खोजी अहिलेको विश्वको प्रवृत्ति भएको बताए। तर कस्तो किसिमको समाजवादको बहस हो भन्ने प्रश्न उनले गरेका छन् ।  

उनले भने, ‘पुँजीवाद र साम्यवादको विकल्पमा समाजवादको खोजी अहिलेको विश्वको प्रवृत्ति पनि हो। अब बहस होस् कस्तो समाजवाद ? प्रजातान्त्रिक समाजवाद? वैज्ञानिक समाजवाद? समावेसी र सहभागिता मूलक समाजवाद?’

प्रकाशित: ६ भाद्र २०७८ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App