८ वैशाख २०८१ शनिबार
राजनीति

इटहरीका मेयरले स्थानीयलाई कार्यालयमै थुने

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बुधबार स्थानीयलाई कार्यालयमै दुई घण्टासम्म थुनेका छन्। मेयर चौधरीले इटहरी वडा नं. ४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर थुनेका हुन्।

मेयर चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेका हुन्। मेयर चौधरीले ढकाललाई कार्यालयमा बोलाएर सातदिनभित्र घर भत्काउने कि थुनिदिउँ भनेर धम्की दिए। ‘मैले आफ्नो घर भत्काउन नसक्ने बताएपछि मेयरले बाहिरबाट चुकुल लगाएर हिँडे,’ ढकालले भने। ढकाल दिउँसो २ बजेदेखि ५ बजेसम्म थुनिएका थिए।  

५ बजे नेपाली काँग्रेस इटहरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय इटहरीले उद्धार गरी उनलाई परिवारको जिम्मा लगाएको थियो। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले किन त्यस्तो घटना भयो? भनेर मेयरसँग बुझन प्रयास भएपनि मोवाइल स्वीच अफ गरेकाले सम्भव नभएको बताए।  

नेपाली काँग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले मेयरले कानुन हातमा लिएर मनोमानी काम गरेको बताए। पौडेलले मेयर चौधरीबाट भएको घटनाको निन्दा र भत्र्सना गर्दै मेयरले कानूनी सजाय भोग्न तयार रहनुपर्ने बताए।  

काँग्रेसले बिहीबार मेयर चौधरीलाई कार्यकक्षमा प्रवेश गर्न नदिनका लागि आन्दोलन चर्काउने भएको छ। काँग्रेसले बुधबार नै मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी समेत गरेको छ। मेयर चौैधरी निर्वाचित भएदेखि यता पटकपटक विवादित काम गर्दै आएका छन् । उनले थुप्रैपटक पत्रकार र आफ्नै कार्यालयका कर्मचारीमाथि दुव्र्यहार गरेका छन्। महिलाको अस्मितामाथि आँच पुग्ने अभिव्यक्ति दिनुका साथै दुर्व्यवहार गरेका छन्।

प्रकाशित: २७ श्रावण २०७८ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App