५ वैशाख २०८१ बुधबार
राजनीति

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

बैठकमा सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ती गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्नेलगायत विषयमा छलफल भएको उनले बताए। 

बैठकमा विभिन्न दलका शीर्ष नेताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार सञ्चालन सम्बन्धमा सुझाव दिएका थिए। साथै सरकारका कामको समीक्षासमेत गरिएको थियो ।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताको सहभागिता थियो।

प्रकाशित: १३ श्रावण २०७८ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App