coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पुनर्वहालीको माग गर्दै प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार नेता सर्वोच्चमा

नेकपा माओवादीको कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार नेताले  सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार  सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरु परमादेशबाट सांसद पदमा पुनर्वहाली माग गर्दै अदालत गएका हुन्।

चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्रका आधारमा संसद सचिवालयले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पदमुक्त गरेको थियो। 

आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने  उनीहरुले माग गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ ले दल त्याग भएको पुष्टि हुनुपर्ने भनेको र आफूहरुले दल त्याग गरेको पुष्टी हुने कुनै प्रमाण नरहेको समेत उनीहरूले बताएका छन्। यसैबीच सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइका लागि विहीबारका लागि पेसी तोकेको छ।

प्रकाशित: १३ श्रावण २०७८ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App