नेपाली काँग्रेसका युवा नेता सुरेन्द्र केसी नेपाली काँग्रेस केन्द्रियनीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्र्तगत विपन्न, अल्पसंख्यक तथा भेदभावमा परेकाहरुका लागि न्याय विषयगत समितिको विज्ञका रुपमा नियुक्त भएका छन्।
काँग्रेस नेता उद्धववहादुर लोहनी संयोजक रहेको समितिको विषय विज्ञमा केसीलाई नियुक्त गरिएको छ। कांग्रेसको विधान २०१७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार विषय विज्ञको रुपमा नियुक्त गरिएको केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विमलेन्द्र निधिद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ। केसी लामो समयदेखि नेपाली काँग्रेसको राजनितिमा सक्रिय छन्।
यस्तै काँग्रेसका युवा नेता कमल शर्मा केन्द्रियनीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्र्तगत बसाइँसराइँ तथा शहरीकरण विषय विज्ञकोरुपमा नियुक्त भएका छन्।
उनलाई कांग्रेसको विधान २०१७ (संशोधन सहित) को ३६ (१) (ड) अनुसार विज्ञकोरुपमा नियुक्त गरिएको हो। केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक सरस्वती गुरुङ रहेको समितिको विषय विज्ञमा शर्मालाई नियुक्त गरिएको हो।
प्रकाशित: १२ श्रावण २०७८ ०४:४८ मंगलबार