७ वैशाख २०८१ शुक्रबार
राजनीति

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ। यस्तै, आइतबार अपरान्ह ५ बजे नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शपथ लिने कार्यक्रम भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: १० श्रावण २०७८ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App