गण्डकी प्रदेशमा ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । नेपाली कांग्रेसबाट विन्दुकुमार थापा, कुमार खड्का, मेषलाल श्रेष्ठ र मणिभद्र शर्माले सपथ लिएका हुन् । थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री, श्रेष्ठ, शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री बनेका छन् । यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा शर्मा नियुक्त भएका छन् ।
उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनीहरुलाई सपथ गराएकी हुन् ।यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।
प्रकाशित: ८ श्रावण २०७८ ०८:४९ शुक्रबार