६ वैशाख २०८१ बिहीबार
राजनीति

ओलीको घोषणाः बाटो बिराएकाहरुलाई 'आममाफी'

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन्।

पार्टी कार्यालयमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको कार्यक्रममा बोल्दै ओलीले नेकपा एमालेको एकतालाई लिएर नेताहरू विभाजित भइरहेका बेला पार्टीका सबैलाई आममाफी दिने बताएका हुन्।  

उनले भने, 'बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड।’

एमालेले आफ्नै कारण ठूलो क्षति बेहोरेको जिकिर गर्दै ओलीले सबैलाई फेरि एकजुट भएर काम गर्न पनि आह्वान गरे।

प्रकाशित: ७ श्रावण २०७८ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App