८ वैशाख २०८१ शनिबार
राजनीति

‘प्रतिस्पर्धाको वातावरण बनाउँछु’

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारका क्षेत्रमा हुने भौतिक निर्माणका ठेक्कामा सरकारले प्रतिस्पर्धाको वातावरण बनाउने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग बुधबार भएको भेटमा प्रधानमन्त्री देउवाले ठेक्कापट्टामा देखिएका कार्टेलिडलगायतका विकृतिलाई हटाएर व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण तयार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन्।

देउवाले लुम्बिनी विकास कोषको बोलपत्रमा उत्पन्न विवादबारे आफूलाई जानकारी आएको भन्दै आवश्यक कदम चाल्ने आश्वासन दिएको भेटमा सहभागी एक व्यवसायीले बताए। विगतमा ठेक्कापट्टामा हुँदै आएका अनेकौं विकृति रोक्न सरकारले इबिडिड प्रणाली लागु गरेपछि केही समय ठेक्कापट्टामा ठूला समस्या देखिएका थिएनन्। तर पछिल्ला केही वर्षमा निर्माण व्यवसायी र कर्मचारीको मिलेमतोमा नाममात्रको प्रतिस्पर्धा देखाएर ठेक्कामा चलखेल गर्ने प्रवृत्तिको विकास भएको छ। 

गत वर्षमात्र पूर्व–पश्चिम रेल्वे लाइन निर्माण गर्ने ठेक्का मिलेमतोमा दिएर १० अर्ब रुपैयाँसम्म अनियमितता गर्न खोजिएको थियो। अहिले लुम्बिनी विकास कोषले आह्वान गरेको साढे तीन अर्ब रुपैयाँको ठेक्का हत्याउन पनि चलखेल गरिएको छ। अर्को झापामा बन्न लागेको रंगशालाको ठेक्कामा पनि मिलेमतो गरिएको आरोप लागेको छ।

प्रकाशित: ७ श्रावण २०७८ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App