८ श्रावण २०७८ शुक्रबार
राजनीति

महामारी प्रभावित उद्योग–व्यवसाय बचाउन राहत ‘प्याकेज’ ल्याउने प्रधानमन्त्रीको घोषणा

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् ।  

नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको  उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए ।

 सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए । ‘विकासलाई हामीले प्राथमिकता दिएका छौं’, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो’, उनले भने , ‘महामारीबाट पार पाउनु चुनौतीपूर्ण छ, हाम्रो पहिलो प्राथमिकता  खोपको व्यवस्था नै हो ।’रासस 

प्रकाशित: ६ श्रावण २०७८ २०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App