६ वैशाख २०८१ बिहीबार
राजनीति

विदेशमा गरेको उपचार खर्च राज्यले ब्यहोर्ने गैर कानुनी हो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई उपचार खर्च ब्यहोर्ने कुरा गैर कानुनी रहेको बताएका छन् । 

दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले ब्यहोर्ने  निर्णय गरेपछि उनले समाजिक सञ्जाल मार्फत सरकारले कानुनविपरीत निर्णयको गरेको बताएका हुन् ।  

‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ’, उनले लेखेका छन् , ‘जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै उहाँको  शीघ्र  स्वास्थ्य लाभको कामना गरिरहेका छौँ। नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ।’ 

प्रकाशित: ६ श्रावण २०७८ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App