जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकलगत्तै उक्त विधान पारित गरेको हो।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका बहुमत सांसदहरुको उपस्थिति छ। दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने अनुमान छ।
प्रकाशित: ५ श्रावण २०७८ ०९:०६ मंगलबार