७ वैशाख २०८१ शुक्रबार
राजनीति

काँग्रेस केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

नेपाली काँग्रेसका नेता श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सिन्धुली काँग्रेसले माग गरेको छ। नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका सन्दर्भमा क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता वितरण छानबिन समितिले सदस्यता छानबिन सम्बन्धी कार्य जारी रहेको अवस्थामा काँग्रेसका केन्द्रीय सदस्य घिमिरेमाथि भएको घट्नाको गम्भीर ध्यानाकर्षण भएको काँग्रेस सिन्धुलीका सभापति उज्ज्वलप्रसाद बरालले जनाए।  

नेपाली काँग्रेस पार्टीको मेरुदण्डको रुपमा रहेको सदस्यता नविकरण र नयाँ सदस्यता वितरणमा विविध समस्या रहेको यथार्थतालाई सबैलो स्वीकार गर्नुपर्ने काँग्रेस सिन्धुलीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। छानबिन समितिलाई स्वतन्त्रपूर्वक जिम्मेवारी पूरा गर्ने दायित्वलाई कोही कसैले बलजफ्तीपूर्वक प्रभाव पार्ने कोसिस गरिनु निन्दनीय भएको काँग्रेस जिल्ला सभापति बरालले बताए।  

क्रियाशिल सदस्यता छानबिन समितिका सदस्य समेत रहेका नेता घिमिरेमाथि भएको दुर्व्यवहारप्रति काँग्रेस जिल्ला कार्यसमितिले घोर भत्सर्ना गरेको जनाउँदै घट्नाको निश्पक्ष छानबिन गरि दोषिलाई कारबाही गर्न माग गरेको छ। उक्त घट्नाप्रति नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ (क) सिन्धुलीले पनि घोर भत्सर्ना गर्दै प्रेष विज्ञप्ती जारी गरेको प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापति बोधविक्रम थापाले बताए।  

प्रकाशित: ५ श्रावण २०७८ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App