‘ओलीले अंहकार र नेपालले कुण्ठा त्याग गर्नुपर्छ’ एमालेविरुद्ध ग्रान्ड डिजाइन सुरु भयो भन्दै योगेश भट्टराईले सोमबार बिहानै पत्रकारसमक्ष चिन्ता व्यक्त गरे, ‘अब नयाँ अध्यायबाट सुरु गर्नुपर्छ ।’
अहंकार र कुण्ठाबाट यतिबेला एमाले नराम्ररी बिथोलिएको छ। आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाएर विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने यो खेल कति लोकतन्त्रवादी र कति अन्तर्घाती हो त्यो समयले मूल्याकंन गर्ने छ। तर जनमतबाट सत्तामा पुगेको पार्टी संसद्को अंकगणितले आइतबार राति कसरी भुईंमा बजारियो यसले सबैलाई सोच्न बाध्य बनाएको छ। एमाले पार्टीलाई माया गर्नेहरूका लागि पक्कै पनि त्यो कालो रात थियो। जहाँ विभिन्न बहानामा उनीहरूकै ‘सपनाहरू’ एकएक गर्दै हत्या हुँदै थियो।
निराशाको लहर अहिले सिंगो एमाले पंक्तिमा छ तर नेतृत्व तहमा अझै अहंकार र कुण्ठामा कमी आएको आभास हुन्न।
केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाएपछि माधव नेपालको कुण्ठा कति शान्त भयो न त्यो मापन गर्न सकिएको छ न त प्रधानमत्री पद गुमेपछि ओलीको अहंकारमा कति कमी आयो त्यो नै आंकलन गरिएको छ।
त्यसो त आइतबार अबेर संसद् भवनमा आइपुगेका ओलीले देउवालाई हसिलो मुद्रामै बधाइ दिए। दिनभर संसद्मा बसेका माधव नेपालले पनि देउवालाई उस्तै मुद्रामा बधाइ दिए। बधाइ हेर्दा उस्तै देखिए पनि पनि सारमा यो निकै फरक थियो।
सम्भवत यसै विषयलाई लिएर सोमबार नेकपा एमाले पक्षीय केन्द्रीय कमिटीको बैठक ललितपुरमा सुरु भयो । यसमा माधव नेपाल पक्षीयको सहभागिता रहेन। सोमबारको केन्द्रीय कमिटी बैठकमा ओलीले २२ संसद्ले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनु ।
पार्टीका लागि सर्मनाक भएको बताउँदै वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताए।
पार्टीमा आउन चाहने साथीहरू आउनुस्, स्वागत छ तर माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन’ भन्न समेत भ्याए।
केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाएपछि माधव नेपालको कुण्ठा कति शान्त भयो न त्यो मापन गर्न सकिएको छ न त प्रधानमत्री पद गुमेपछि ओलीको अहंकारमा कति कमी आयो त्यो नै आंकलन गरिएको छ।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिँदै आफू झुक्न तयार नभएको संकेत दिए। देउवालाई विश्वासको मत दिएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा नेपालले सञ्चारकर्मीसँग संसद्को निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए।
यस्तोमा एमाले एक हुने सम्भावना निकै कम देखिन्छ। विपक्षीलाई बल दिएर पोस्ट खाली गरिदिने भनेर भन्ने गरिएका आफ्नै पार्टीका खेलाडीबाट गोल खाएपछि ओली पक्कै पनि उत्सव मनाउन सक्ने छैनन्। न त लोकतन्त्रको लागि भनेर गरिएको आत्मघाती गोलबाट नेपाल मन फुकाएर रमाउन सक्छन्। पार्टीका शीर्ष नेता तहमा देखिएको यही अन्योलताले अहिले सिंगो पार्टी बिलखबन्दमा परेको देखिन्छ।
जब नेतृत्वमा अहं घट्दैन तब तल्लो तहका कार्यकर्ताको मेहेनत खेर जान्छ। माधव नेपाललाई भेटेपछि ३ महिनाको मेहेनत खेर गयो भन्दै शंखर पोखरेलले आइतबार फेसबुकमा लेखेको स्टाटसले यो कुरा देखाउँछ। आफैंले गठन गरेको कार्यदलको प्रतिवेदनमा नेपाल असहमत भएपछि पोखरेल निराश देखिन्थे।
निराशाको यो लहर अहिले सिंगो एमाले पंक्तिमा छ। तर, नेतृत्व तहमा अझै अहंकार र कुण्ठामा कमी आएको आभास हुन्न। किनकि क्रोधले अंहकार झनै बढाउँछ। त्यस्तै कुण्ठाको कुनै सीमा हुन्न। यस्तोमा युवा नेता भट्टराईले सोचेजस्तो ‘नयाँ अध्यायबाट सुरु हुन मुस्किल छ।’ किनकि जबसम्म पुरानो संरचना भत्किन्न तबसम्म त्यो ठाउँमा नयाँ संरचना कहिल्यै बन्न सक्दैन।’
प्रकाशित: ४ श्रावण २०७८ ०९:२६ सोमबार