coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्वोच्चको फैसलाले देश र सबै नागरिकको हित गरेको छः बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको भावना विपरीत प्रतिनिधिसभा पटकपटक विघटन गर्ने कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो तुल्याउन नसक्ने धारणा राखेका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावमा समर्थन जनाउँदै उनले सर्वोच्चको फैसलाले जनताको सार्वभौमस्थल प्रतिनिधिसभालाई नमान्नेविरुद्ध निर्णय आएको बताएका हुन्।

उनले भने, “सर्वोच्चको फैसलाले देश र सबै नागरिकको हित गरेको छ, त्यसको सम्मान गरौँ, संरक्षण गरेर अघि बढौँ। जनताको सार्वभौमस्थल प्रतिनिधिसभालाई नमान्नेविरुद्ध निर्णय आएको छ।”  

गत पुसदेखि जेठसम्ममा भएका निर्णय मुलुक र लोकतन्त्रविरुद्धमा गएपछि अदालतले त्यसलाई रोक्न सफल भएको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले दलहरू एक ठाउँमा उभिएर संविधान र लोकतन्त्रलाई बचाउने कार्यमा योगदान पुर्‍याउन आग्रह गरे। मधेश मुद्दालाई सत्तामा चढ्ने भर्‍याङ नबनाउन सुझाव दिँदै उनले सहमति कार्यान्वयनमा इमान्दर हुन सरकारसँग आग्रह गरे।

प्रकाशित: ३ श्रावण २०७८ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App