७ वैशाख २०८१ शुक्रबार
राजनीति

क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै आमरण अनशन

नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरिएको छ।

नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य डा चन्द्रमोहन यादवको नेतृत्वमा रामपल्टन शाह, दिनेश नायक लगायतले धनुषा क्षेत्र नं १, क्षेत्र नं ४, सिरहा र सप्तरीको क्रियाशील सदस्यतामा विवाद भएको जनाउँदै आज बिहान ११ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु गरेका हुन्।

पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको, कांग्रेस जिल्ला कार्यसमितिको संस्थागत निर्णयलाई कार्यान्वयन नगरेको उल्लेख गर्दै आफूहरु आमरण अनशनमा बस्न बाध्य भएको डा यादवले जानकारी दिए। आफूले राखेका माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उनको भनाइ छ। रासस

प्रकाशित: ३ श्रावण २०७८ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App